ISA Award जितेपछिको रमाइलो यात्रा
जीत हुँदा रमाउने अनि पराजय बेहोर्दा दुखी हुने मानवीय स्वभाव नै हो । प्रधानाध्यपक राजन सरले International School Award (ISA) को सोच विद्यालयमा प्रवेश गराउनुभयो । यसको लगभग एक वर्षसम्म शिक्षकहरुको कडा मेहनत र परिश्रम, अनि खेम सरको कुशल संयोजकत्वको परिणाम हाम्रो जगत् मन्दिर माध्यमिक विद्यालयले British council िद्घारा आयोजित International School Award (ISA) प्राप्त गर्न सफल भयो । यसबाट विद्यालयको संस्थापन पक्षदेखि शिक्षकसम्म निकै खुशी र उत्साही भएका थियौँ । यो उत्साहलाई झन् बढाउने काम प्रधानअध्यापक राजन आचार्य सरको एउटा घोषणाले गरेको थियो । सबै शिक्षक तथा कर्मचारीलाई प्रोत्साहनस्वरुप कुनै रमणीय स्थानमा घुमाउन लैजाने अनि एक रात उतै बस्ने ।
प्रतीक्षाको घडीले धेरै बेर लाउन नपाउँदै त्यो दिन पनि हाम्रो अगाडि आइसकेको थियो । प्रत्येक दिनको एउटै दैनिकीमा रहेका हामीलाई फरक परिवेश अनि फरक समयमा रमाउने घडी सामुन्ने आइपुगेको थियो । भदौ २७ गते शुक्रवारका दिन हाम्रो यात्रा धादिडका लागि हुने निश्चित भयो । सबैका मनमा अनेकौँ योजना कुरामा आफ्नो अलग पहिचान बनाएका छौँ । निर्धारित समयभन्दा केही ढिला पुग्नुलाई हामीले नेपाली समयको उपनाम दिइसकेका छौँ । हाम्रो यात्रा पनि यस्तै भयो, भन्नका लागि ११ बजे जाने भनिए पनि १२ बजे भन्दा अगाडि स्कुल बस हिँड्न सकेन ।
केही दिन अगाडि सडक दुर्घटनामा परेर विजय सरको हात र खुट्टामा चोट लागेको थियो । वहाँको घाउको ड्रेसिङले गर्दा गाडी १५÷२० मिनेट ढिलो भयो । यो भन्दा अगाडि कमल सरका कारण यात्रा ५÷१० मिनेट ढिला भैसकेको थियो । हामी सबैजना गरी २५ जना यात्रामा संलग्न थियौँ । त्रिपुरेश्वरमा दीपक सर बसमा चढ्नुभयो भने कलङ्कीमा सरिता मिस चढ्नुभयो अनि ढुङ्गेअड्डामा राजप्रकाश सर चढ्नुभयो । यसपछि यात्राको वास्तविक रमाइलो सुरु भयो । राजन सर तथा मुरारी सरले आफ्नै तरिकाले यात्राको मज्जा लिइरहनुभएको थियो भने दीपक सर, खेम सर, रमेश सर, विजय सर, कमल सर , लोक सर, राजप्रकाश सर तथा विजय सरको अट्टहासले यात्रालाई रोचक बनाएको थियो । वहाँहरु एक आपसमा खै के के कुरा गर्नुहुन्थ्यो अनि एक अर्कालाई यो कुरा कानेखुशी गर्नुहुन्थ्यो । त्यसपछि हाँसोको फोहोरा नै छुट्थ्यो । मिस तथा म्यामहरु यो हाँसोबारे अनभिज्ञ हुनुहुन्थ्यो । सरहरुको हाँसोलाई जवाफ दिने कोही थियो भने सबिना मिस मात्र हुनुहुन्थ्यो । वहाँको हाँसोले भने हाँसोको दोहोरी खेलेको अनुभूति हुन्थ्यो ।
नागढुङ्गाको ओरालो पुगेपछि पानी पर्न सुरु भयो । झ्यालको सिसामा परेको पानीको फोकाबाट बाहिरको दृश्य हेर्दाको आनन्द बेग्लै थियो । गाडी बिस्तारै ओरालो लाग्दै नौबिसेतर्फ लाग्दै थियो । लगभग ४ घण्टाको यात्रा कति चाँडो सकियो पत्तो पाइएन । हामी लगभग ४ बजे हाम्रो गन्तव्यमा पुग्यौँ । धादिङको रोराङ गाउँपालिकामा पर्ने बेनीघाटमा रहेको Nexus Himalayan River Adventure मा हामी पुग्यौँ । यहाँ जगत् मन्दिर बाट बेलाबेलामा विद्यार्थी तथा शिक्षकको टोली बेलाबेलामा आउने गर्दछन् । हामी शिक्षकको टोली गत चैत्र महिनामा पनि यहाँ आएका थियौँ । यतिखेरको अन्य घटनाभन्दा पनि दीपक सर ¥याफटिङका क्रममा त्रिसुली नदीमा खस्नुभएको पल सबैको मानसपटलमा ताजा थियो ।
यसपटक पनि ¥याफटिङ गर्ने सोच नभएको त होइन तर यस पटक पानीको सतह निकै नै बढेकाले यो सम्भव हुन सकेन । किनारमा बसेर हामी सबैले नदीको सुन्दरतालाई नियाल्ने कोशिस ग¥यौँ । हुनपनि प्राकृतिक सुन्दरताले जसलाई पनि आकर्षित गर्ने रहेछौँ । हामी त्रिसुली नदीको बहावलाई यसरी नियालिरहेका थियौँ जसरी एउटा दूधे बालकले आफ्नी आमालाई नियाल्छ । जत्ति हेर्दापनि चित्त नबुझ्ने अनि नदीको हरेक बहावमा नयाँपन मात्र पाइन्थ्यो । त्यसैले नदीको किनारमा बसेर जत्ति फोटो खिच्दा पनि रहर पूरा हुँदैनथ्यो । दृष्टि मिसको टिकटक भिडियो बनाउने अनि कमल सरको योगको क्रम कहिले सकिदैनथ्यो । सबैभन्दा रमाइलो कुरा त के भयो भने खोलाको किनारमा अम्बाको बोटमा लटरम्म अम्बा फलेका रहेछन् । खेम सरले बोटमा चटेर अम्बा टिपेर सबैलाई बाँडेको देखेपछि मुरारी सर त झनै हौसिएर रुखको टुप्पोसम्म पुग्नुभयो अनि ठूला र पाकेका अम्बा टिपेर सबैलाई बाँड्न थाल्नुभयो । यसरी अम्बा खान पइएला भन्ने सोचेका नि थिएनौँ । रमेश सर भने आफ्नो भन्दा अरुको फोटो खिच्ने काममै व्यस्त हुनुहुन्थ्यो । हामी अझै केही समय नदीको किनारमा बिताउन चाहन्थ्यौँ । तर खाजा खाने बेला भएकोले नदीको किनार छाड्न बाध्य थियौँ । नदीको किनार छोड्ने बेला बाल्यकालमा आमाको काख छोड्नुपर्दा जस्तो अनुभूति हुन्थयो त्यस्तै भयो ।
५ बजे पछि हाम्रो खाजा खाने क्रम सुरु भयो । गिरेन्द« दाजुले सबैलाई खुवाउन सक्रिय हुनुहुन्थ्यो । कसलाई के खुवाउने , कसलाई के मनपर्छ भन्ने कुरामा वहाँ निकै गम्भीर हुनुहुन्थ्यो । साँझको मधुर प्रकाश अनि स्पिकरमा बजेको अत्यन्तै मिठा मिठा गीत अनि त्यसमाथि दुबो माथि ओच्छ्याइएको म्याटमा बस्दाको आनन्द शब्दमा वर्णन गर्न नसकिने किसिमको थियो । त्यसमाथि खेम सर र लोक सरको आकर्षक नृत्यले सबैलाई भरपुर मनेरञ्जन प्रदान ग¥यो । कुनैकुनै बेला खेम सरले दीपक सरको हात तान्दै नचाउन खोजेको अनि दीपक सरले पनि नजानेरै भए पनि गरेको नृत्य कम्ती आकर्षक थिएन ।
विभिन्न किसिमका परिकार खाँदै अनि नाँच्दै गर्दाको रमाइलोको अनुभूति महिनौँ पछि मात्र गर्न पाइयो । नाँच्दा नाँच्दै थाकेपछि दोहोरी गाउने क्रम सुरु भयो । लोकसर नृत्यमा पारङ्गत हुनुहुन्थ्यो नै तर दोहोरी गाउँन पनि यत्तिको दक्ष हुनुहुँदो रहेछ भन्ने कुरा त्यस त्यसदिन मात्र थाहा भयो । दोहोरी सँगसँगै सरिता मिस र सरिता मिसको नृत्यले थप रमाइलो प्रदान गरेको थियो । बेलाबेलामा बिजय सर पनि नाच्न आउनुहुन्थ्यो । राजु सर,मुरारी सर अनि राजन सरले पनि नृत्यको भरपूर मनेरञ्जन गर्नुभयो । यसरी नाँच्दै, गाउँदै रमाइलो गर्ने क्रम रातिको निकै बेरसम्म चल्यो । सबैजना सुत्दा रातको १२ बजिसकेको थियो ।
बिहान ६ देखि ७ बजेका बीचमा सबैको उठ्ने क्रम सकियो । चिया पिएपछि एकपल्ट पुनः त्रिसुलीको किनारमा घुम्न गयौँ । यो घुमाइपछि बिहानको खाजा खायौँ अनि अलि अगाडि रहेको झुलुङ्गे पुलतिर गयौँ । यति गर्दा लगभग १० बजिसकेको थियो । यसपछि खाना खाएर काठमाडौँ फर्कने समय पनि भै सकेको थियो । प्राकृतिक सुन्दरतामा रमाउने रहर पूरा भएकै थिएन नहुँदै फर्कने बोला भयो । ११ः३० मा हाम्रो यात्रा सुरु भयो । अगिल्लो दिन जस्तो बसमा हल्लाखल्ला भएन, शायद सबैजना थकित् हुनुभएर होला । बसमा एक प्रकारको मौनता छाएको थियो र यही मौनताकै बीचमा लगभग ३ बजे काठमाडौँ आइपुग्यौँ । अब यस्तो यात्रा फेरि कहिले गर्न पाइएला भन्ने अनुत्तरित प्रश्न मनमा राख्दै सबैजना आआफ्नो घरतर्फ लाग्यौँ ।
***
Author: Kamal Nepal