सूचना

2020-02-20 10:30 AM - 2020-02-20 2:00 PM

विषय ः उपस्थित भइदिने बारे ।

आदरणीय अभिभावकज्यू

उपर्युक्त सम्बन्धमा यस जगत् मन्दिर माध्यमिक विद्यालयले हरेक वर्ष विद्यार्थीहरुको चौतर्फी विकासका लागि विविध किसिमका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिँदै आएको यहाँहरुमा  सर्वविदितै छ । यस वर्ष पनि विद्यालयले गरेको विभिन्न आन्तरिक प्रतियोगिताहरुमध्ये एकल गायन तथा एकल नृत्य विधाको अन्तिम प्रतियोगिता एवम्  नर्सरी देखि कक्षा पाँच सम्मका विद्यार्थीहरुको लागि विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने जानकारी गराउँदै उक्त कार्यक्रममा यहाँको गरिमामय उपस्थिति अत्यान्तै महत्वपूर्ण भएको हुनाले  उक्त प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रममा उपस्थित भई हाम्रा विद्यार्थीहरुmाई हौसला प्रदान गरिदिनुहुन सविनय अनुरोध गर्दछु ।

मिति ः २०७६ - ११ - ०८ गते बिहीबार

समय ः बिहानको ठीक १० ः ३० बजे

स्थान ः जगत् मन्दिर माध्यमिक विद्यालयक,

लामपोखरी,चाबहिल, काठमाडौं       .......................

                                                                                                      प्रधानाध्यापक